ISF Football World Cup 2026 National Open Selection

ISF Football World Cup 2026 National Open Selection

Wednesday 15th of July 2026

नेपालभरबाट ३०० भन्दा बढी यू–१८ फुटबल खेलाडीहरू ललितपुरको च्यासल रंगशालामा नेपाल विद्यालय खेलकुद महासंघ (NSSF) द्वारा आयोजित ISF Football World Cup 2026 राष्ट्रिय टोली खुल्ला छनौटमा सहभागी भएका छन् । 
कार्यक्रमको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार श्री सिद्धि ब्याञ्जनकारज्यूले गर्नुभयो । कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष श्री विनोद श्रेष्ठ, ISF कार्यकारी समिति सदस्य श्री राजकुमार कार्की,
प्याब्सनका उपमहासचिव श्री भुवनलाल श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार श्री ब्याञ्जनकारले छनौट प्रक्रियामा सहभागी सबै खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै छनोट हुने खेलाडीहरूलाई अग्रिम बधाई दिनुभयो । साथै, विद्यालय तहदेखि नै खेलकुदको
विकास र प्रवद्र्धन गर्न नेपाल विद्यालय खेलकुद महासंघसँग समन्वय गरी विद्यालयस्तरीय खेलाडीहरूलाई थप अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस छनौटबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले १७–२६ अक्टोबर २०२६ मा सुजाओ, चीन मा आयोजना हुने ISF Football World Cup 2026 मा नेपालको प्रतिनिधित्व गर्ने गौरव प्राप्त गर्नेछन् ।
विश्वका ६४ राष्ट्रहरू मात्र सहभागी हुने यस प्रतिष्ठित विद्यालयस्तरीय विश्व फुटबल प्रतियोगितामा नेपालको सहभागिता विद्यालय खेलकुदका लागि ऐतिहासिक अवसर हुनेछ ।
#ISFFootballWorldCup2026 #TeamNepal #NSSF #SchoolSports #Football #Suzhou2026