MoU Signed Between Nepal School Sports Federation and Nepal Karate Federation

MoU Signed Between Nepal School Sports Federation and Nepal Karate Federation

Tuesday 18th of August 2026

नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघबीच महत्वपूर्ण समझदारीपत्र (MoU) हस्ताक्षर

नेपालमा विद्यालयस्तरीय खेलकुदको विकास, कराते खेलको प्रवर्द्धन तथा विद्यार्थी खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ (NSSF) र नेपाल कराते महासंघ (NKF) बीच महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

अगस्ट १८, २०२६ मा आयोजित हस्ताक्षर समारोहमा नेपाल स्कुल स्पोर्ट्स फेडरेशनका अध्यक्ष श्री विनोद श्रेष्ठ र नेपाल कराते महासंघका अध्यक्ष श्री युवराज लामा ले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

यस समझदारीले विद्यालय तहदेखि नै कराते खेलको व्यवस्थित विकास, विद्यार्थी तथा युवा खेलाडीको प्रतिभा पहिचान र विकास, प्रशिक्षक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विद्यालय खेलकुद गतिविधिमा सहकार्य गर्ने आधार तयार गरेको छ ।

हस्ताक्षर समारोहमा NSSF का महासचिव श्री राज कुमार कार्की, बोर्ड सदस्य श्री सोविन राज रेग्मी, कराते मुख्य प्रशिक्षक श्री दीपक श्रेष्ठ, कराते प्रशिक्षक श्री मण्डे काजी श्रेष्ठ, लगायत विभिन्न खेलकुद क्षेत्रका प्रतिनिधि तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

नेपाल विद्यालय खेलकुद महासंघले यस सहकार्यलाई विद्यालय खेलकुदको संस्थागत विकास र विद्यार्थीहरूमा खेल संस्कृतिको प्रवर्द्धनका लागि महत्वपूर्ण कदमका रूपमा लिएको छ। नेपाल कराते महासंघसँगको सहकार्यबाट देशभरका विद्यालयमा कराते खेलको पहुँच विस्तार हुनुका साथै प्रतिभावान विद्यार्थी खेलाडीलाई प्रशिक्षण, प्रतियोगिता र उच्चस्तरीय खेल अवसर प्रदान गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

NSSF र NKF ले आगामी दिनमा विद्यालयस्तरमा कराते खेलको विकास तथा विस्तारका लागि संयुक्त रूपमा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

 

 

 

 

 


MoU Signed Between Nepal School Sports Federation and Nepal Karate Federation

A significant Memorandum of Understanding (MoU) has been signed between the Nepal School Sports Federation (NSSF) and the Nepal Karate Federation (NKF) with the objective of promoting school-level sports, developing karate among students, and strengthening opportunities for young athletes in Nepal.

The MoU was signed on August 18, 2026, during a formal signing ceremony by Mr. Binod Shrestha, President of NSSF, and Mr. Yubaraj Lama, President of NKF.

The agreement establishes a framework for cooperation in the systematic development of karate at the school level, identification and development of talented student-athletes, capacity building of coaches and technical personnel, joint training initiatives, and participation in national and international school sports activities.

The signing ceremony was attended by Mr. Raj Kumar Karki, Secretary General of NSSF; Mr. Sobin Raj Regmee, Board Member of NSSF; Karate Chief Coach Mr. Deepak Shrestha; Karate Coach Mr. Manday Kaji Shrestha along with other representatives and distinguished members of the sports community.

NSSF considers this partnership an important step toward strengthening institutional cooperation in school sports and promoting a strong sports culture among students. The collaboration with NKF is expected to expand access to karate in schools across Nepal and provide talented young athletes with greater opportunities for training, competition, and high-level sporting development.

Both NSSF and NKF expressed their commitment to jointly implementing programs and initiatives for the promotion and development of karate at the school level throughout Nepal.