MoU between Nepal School Sports Federation and Kasthamandap Television Gold

MoU between Nepal School Sports Federation and Kasthamandap Television Gold

Tuesday 2nd of December 2025

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (NSSF) र NSSF किन्डर ओलम्पिक कमिटिको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो ।
कार्यक्रममा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए र इसीइटीएलगायतका संस्थाहरु, प्रि–स्कूलमा अध्ययनरत विभिन्न उमेर समूहका बालबालिका गरी करिब ५ हजारको सहभागिता रहने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । सोही कार्यक्रमका लागि आधिकारिक टेलिभिजन लाइभ पार्टनरको रुपमा काष्ठमण्डप टेलिभिजन गोल्ड सँग महासंघको केन्द्रीय कार्यालयमा महासचिव राज कुमार कार्की र काष्ठमण्डप टेलिभिजन गोल्डका मार्केटिङ्ग डाइरेक्टर रोहित भट्ट बिच सम्झौता–पत्रमा हस्ताक्षर सम्पन्न भयो । सो अवसरमा महासंघका बोर्ड सदस्य/CFO सोविन राज रेग्मी, NSSF Kinder Olympic Committee का सदस्यद्वय केदार मान स्थापित र पविन जङ्ग थापा लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमको प्राविधिक तयारीका लागि NSSF Kinder Olympic Committee को मंगलबार वैठक पनि भएको थियो । वैठकबाट १३ औं किन्डर ओलम्पिक कार्यक्रम व्यवस्थित रुपले सञ्चालन गर्न, कार्यविभाजन गरी विभिन्न उपसमितिहरु गठन गरियो र विद्यालय टिम दर्ताका लागि अन्तिम मिति २०८२ मंसिर २२ गते, सोमबार सम्मलाई खुल्ला गरिएको र आवश्यक संख्या पूरा भए पश्चात थप आवेदन नलिने निर्णय भयो ।